आचारसंहिता अनुगमन गर्न स्थानीय तहमै संयन्त्र गर्दै आयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०७८, बुधबार ०५:००

काठमाडौं । निर्वाचन आयोगले देशभर निर्वाचन आचारसंहिता पालनको अनुगमन गर्ने भएको छ। गत चैत्र १८ गतेदेखि लागु भएको आचारसंहिताको अनुगमन गर्न संयन्त्र गठनको व्यवस्था गर्न लागेको आयोगले जनाएको छ ।

केन्द्रीय, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहमा गरी चार तहमा आचारसंहिता अनुगमनको संयन्त्र बनिसकेको अयोगले जानकारी दिएको छ । केन्द्रीय स्तरमा मात्र आचारसंहिता पालनको अनुगमन गर्दै आएको आयोगले यस वर्षदेखि स्थानीय तह स्तरमै अनुगमन गर्ने भएको हो ।

निर्वाचन अधिकृतले समेत आचारसंहिता पालनाको अनुगमन र कारबाही गर्न सक्ने आयोगले व्यवस्था गरेको छ । आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनगुमन समिति बनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१