विनोद चौधरीलाई पार्टीको कोषाध्यक्ष बनाउने देउवाको तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०७८, बुधबार ०४:५८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोषाध्यक्षमा विनोद चौधरीलाई नियुक्त गर्ने तयारी गरेका छन् ।

पार्टीभित्र कोषाध्यक्षका आकांक्षीहरु धेरै नै छन् । तर, सभापति देउवाले भने विनोद चौधरीलाई कोषाध्यक्ष बनाउने तयारी गरेका छन् ।

यसअघि कोषाध्यक्षमा अहिलेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई बनाउने चर्चा थियो ।

तर, कार्की स्वयमले आफू कोषाध्यक्ष नबन्ने भनेपछि देउवाले आफूनिकटका नेताहरुसँगको सल्लाहबमोजिम नै चौधरीलाई उक्त जिम्मेवारी दिन लागेका हुन् ।

१४औं महाधिवेशनमा सभापतिमा विजयी भएपछि देउवाले सबैसँग समन्वय गरेर नै पार्टीभित्रका विभिन्न पदमा मनोनित गर्ने बताएका छन् ।

तर, पछिल्लो समय उनले गरेका मनोनितका निर्णयमा भने शेखर कोइराला समूहले भने प्रश्न उठाउँदै आएको छ ।

पछिल्लो समय भएका नेविसंघ र तरुण दलका अध्यक्षको नियुक्तीमा पनि कोइराला समूहले प्रश्न उठाएको थियो ।

देउवाले प्रवक्तामा आफूनिकटका नेता डा. प्रकाशशरण महतलाई नियुक्त गरिसकेका छन् ।

अब महत्वपूर्ण मानिएको कोषाध्यक्षमा चौधरीलाई नियुक्त गर्न लागेका छन् ।

चौधरीसँगै कोषाध्यक्षमा महिला नेतृहरुले पनि दाबी गरेका छन् ।

चौधरीलाई कोषाध्यक्ष बनाउनको लागि पूर्व महामन्त्री डा. शशांक कोइराला पनि सहमत छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०