सत्ता गठबन्धनद्वारा ४ वैशाखभित्र उम्मेदवार टुंगो लगाइसक्नुपर्ने निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० चैत्र २०७८, बुधबार ०४:५१

काठमाडौं । सत्ता गठबन्धनको बैठकले ४ वैशाखभित्र उम्मेदवार टुंगो लगाइसक्नुपर्ने निर्णय गरेको छ । यसका लागि आ-आफ्ना दलका कमिटीहरुलाई निर्देशन दिने सहमति भएको छ । यसअघि राखिएको समय म्याद थपेर उक्त दिनसम्म राखिएको हो ।

आज पाँच दलको बालुवाटारमा बसेको बैठकले तालमेलको मोडालिटीबारे पनि छलफल गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार वैशाख ४ भित्र उम्मेदवार टुंगो लगाउन निर्देशन दिने तय भएको छ । तालमेलका सम्बन्धमा मोडालिटीबारे पनि गम्भीर छलफल भएको छ । तर, सहमति नबनिसकेको बुझिएको छ ।

काँग्रेस, माओवादी, नेकपा एस, जसपा र राजमोका नेताहरु सहभागी बैठकमा आफूले २०७४ मा जितेका सिटमा सोही दलका उम्मेदवारलाई अन्य दलले सघाउने सहमति भएपनि एमालेलगायत गठबन्धनबाहिरको दलले जितेको पालिकाहरुमा सिट बाँडफाँडमा कुरा मिल्न सकेको छैन । यसका लागि खाका तयार गर्न फेरि बैठक बस्ने तय भएको बुझिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१