नेपालीहरुका दुबईमा धेरै भिल्लाहरु छन्ः अर्थमन्त्री शर्मा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ चैत्र २०७८, मंगलवार ०५:१२

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले दुबईमा धेरै नेपालीहरुको भिल्ला रहेको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएकोबारे सोधिएको प्रश्नमा सुरुमै उनले त्यस्तो जवाफ दिएका हुन् ।

‘अहिले धेरै नेपालीहरुका दुबईमा भिल्लाहरु छन्,’ अर्थमन्त्री शर्माले भने,‘ सबै पैसा नेपालबाटै गएको छ ।’ नेपालबाट विभिन्न माध्यमले धनहरु बाहिर गइरहेको तर्फ सरकारले छाविन गरिरहेको समेत बताए ।

गर्भनर महाप्रसाद अधिकारीको निलम्बनका सम्बन्धमा सबै कुरा छानबिनका क्रममा आउने बताए ।

राष्ट्र बैंकको प्रावधान अनुसार कानुन सम्मत गरेको हो । छानबिन गर्ने कमिटीले यी सबै प्रश्नको जवाफ दिन्छ । उनले भने,‘ छानबिन कमिटीलाई दियो भने सबै कुरा आउँछ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१