मनी र मसल भएकाहरु उम्मेदवार बन्न तात्तिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०७८, सोमबार ०५:५३

काठमाडौं । स्थानीय निकायको चुनावमा मनी र मसल भएकाहरु तात्तिएका छन् । देशभर प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतबाट उम्मेदवार चयन प्रक्रिया बढ्न थालेको छ ।

अहिलेसम्म काँग्रेस र एमालेबाट सिफारिश भएका नामहरुमा पैसावालहरुको दबदबा देखिएको छ । पैसावालहरु चुनावमा भारी रकम खर्च गर्न सक्ने भन्दै उम्मेदवारको दौडमा बढेका छन् ।

उम्मेदवारको नाम सिफारिश भएकाहरुमा डनहरु पनि छन् । जग्गा प्लटिङ गर्ने, ठेकेदार, ढुङ्गागिट्टीका व्यवसायीहरु पनि धेरै दाबेदार देखिएका छन् ।

हरेक पालिकामा प्रमुख र उपप्रमुख बन्न करोडौं रकम खर्च गर्ने तयारीका साथ कतिपय उम्मेदवार बढेका छन् । वडाध्यक्षमा पनि लाखौं खर्च गर्न तयार देखिएका छन् ।

सांसद हृदयश त्रिपाठी पैसावालहरु चुनावमा उम्मेदवार बन्न तात्तिएको तर्क गर्छन् । उनले मतदाता अनौठो मौनता देखिएको बताएका छन् ।
निष्ठाको राजनीति गर्नेहरु भने सेलाएका छन् । पैसाविना चुनाव लड्न नसकिने परिस्थिति विकास भएपछि निष्ठाको राजनीति गर्नेहरु सुस्ताएका हुन् ।

काँग्रेस पूर्वमहामन्त्री डा. शेखर कोइरालाले आफूले चुनावमा ६ करोड खर्च गरेको खुलेरै भनेका छन् । उनले चुनाव धान्न कठिन भइसकेको बताए । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले पनि करोड खर्च गर्नुपर्ने भएपछि चुनावमा उम्मेदवार नभएको बताएका छन् । यसबाट पनि चुनाव महङ्गो बनेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१