गठबन्धनवालाहरुले देश बर्वाद बनाउँदैछन्, एमाले छिट्टै सरकारमा आउँछ : केपी ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ चैत्र २०७८, सोमबार ०५:४२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्ले सरकार बनाउनुपर्ने तर संसद्लाई थाहै नभई परमादेशबाट प्रधानमन्त्री बनाईएको भन्दै यो दुनियाँमा कहीँ नभएको घट्ना भएको टिप्पणी गरेका छन् ।

पार्टीनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘कहीँ नभएको कुरा नेपालमा भयो, परमादेशबाट सरकार बनाईयो, पार्लियामेन्टबाट सरकार बनाउनुपर्ने, पार्लियामेन्टलाई थाहै नदिई सरकार परिवर्तन भयो, सपथग्रहण गरि वरी प्रधानमन्त्री संसद्मा आए, अनि उनको पछि पछि को छ भनेको त, कम्युनिष्टको खोल ओडेर कम्युनिष्टको सरकार ढाल्नेहरु छन् ।’

उनले माधव नेपाल र प्रचण्डहरु कुन दिन कांग्रेसमा प्रवेश गर्छन् ? भन्ने थाहा नभएको टिप्पणी गरे । उनले अहिले देशको अर्थतन्त्र श्रीलंका बन्न लागेको आरोप लगाए । उनले देश बर्वाद हुन लाग्दा पनि सरकार गम्भीर नभएको गुनासो पोखे । उनले एमालेलाई कति दिन सरकारबाट हटाईन्छ ? भन्दै आक्रोश पोखे । उनले ढुंगाको काप फोरेर पनि उम्रिन्छ पिपल भन्दै एमालेले छिट्टै सरकारमा पूरावृत्ति गर्ने दाबी गरे । उनले अहिलेको गठबन्धन केहीपनि नभएको टिप्पणी गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१