नेकपा एमालेबाट बूढानीकलण्ठ १२ को वडाध्यक्षमा शम्भु भट्टराई दोस्रोपटक सर्वसम्मत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७८, आईतवार ०५:४५

काठमाडौं । नेकपा एमालेबाट बूढानीकलण्ठ १२ को वडाध्यक्षमा शम्भु भट्टराई र दलित सर्वसम्मत महिला सदस्यमा मिना बयलकोटी सर्वसम्मत सिफारिस भएका छन् ।

बूनपा–१२ को इभर साइन पार्टी प्यालेसमा  भएको पार्टी संगठित सदस्यहरुको भेलाले २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २ जनाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । भेलामा नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य तथा वडा नं १२ इन्चार्ज देवी रेग्मी, जिल्ला कमिटी सदस्य उमेश कुइकेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

गत निर्वाचनमा एमाले उम्मेदवार भट्टराईले प्रमुख प्रतिपक्षी भन्दा ३५७ मत बढी ल्याएका थिए । नेकपा एमालेबाट निर्वाचित भएपछि पाँच वर्ष वडा नेतृत्व सम्हालेका भट्टराईले विगतको भन्दा बढी मतान्तर ल्याउने दावी गरेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१