एमाले अब पार्टीको रुपमा रहेन, सानो गुटमा सिमित हुन पुग्यो : माधव नेपाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ चैत्र २०७८, आईतवार ०५:१८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अब पार्टीको रुपमा नरहेको र सानो गुटमा सिमित हुन पुगेको टिप्पणी गरेका छन् ।

आज (शनिबार) काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले अहिले देशव्यापी रुपमा आफ्नो पार्टीमा जनताको आकर्षण बढेको दाबी गरे ।

उनले एमाले चाहीँ व्यक्तिको वर्चश्वको चलिरहेको समूहको संज्ञा दिएका छन् । उनले आफ्नो पार्टी नै कम्युनिस्ट आन्दोलनको उत्तराधिकारी भएको पनि दाबी गरे ।

एमाले त दक्षिणपन्थी अवसरवादतर्फ ढल्किएको र पार्टी नेतृत्व कम्युनिस्ट आन्दोलनबाट विचलित भएको उनको आरोप छ । त्यस्तै, अध्यक्ष नेपालले भ्यू टावर बनाईएकोप्रति आपत्ति जनाएका छन् । अरबौं खर्च गरेर भ्यू टावर बनाउनु गलत भएको उनको टिप्पणी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१