गोकर्णेश्वर नगरपालिकामा युवा नेता रिसाल मेयर पदका दाबेदार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०७८, शुक्रबार ०५:५२

काठमाडौं । बागमती प्रदेश- काठमाण्डौ स्थित गोकर्णेश्वर नगरपालिकाको मेयरमा पदमा नेपाली कांग्रेसका दीपक रिसालले दाबी गरेका छन।

नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ३ को क्षेत्रीय सचिवको जिम्मेवारीमा सम्हाल्दै आएका रिसाल हाल नगरपालिकाको सल्लाहकारको भूमिकामा रहेर नगरपालिकाका कार्यक्रम तथा योजना निर्माण र कार्यान्वयनमा अहम भूमिका खेलेका छन् । २०४६ सालदेखि नेपाली कांग्रेस पार्टीमा आवद्ध रहेका उनि राजनीतिका साथै सामाजिक, धार्मिक, खेलकुदका साथै शिक्षा र स्वास्थ्य क्षेत्रका गतिविधिमा पनि निक्कै सकृय देखिन्छन।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ जोरपाटीका स्थानिय निवासी रिसाल अरुणोदय माविको व्यवस्थापन समितिका अध्यक्ष तथा गोकर्णेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको पूर्वअध्यक्ष हुन् । उनी हाल गोकर्णेश्वर महादेव मन्दिर पुनर्निर्माण समितिको वर्तमान महासचिव छन् । गोकर्णेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आर्थिक संकलन गरेर समेत सप्ताह लगाएको उनले बताएका छन। उनले विभिन्न कुरामा परिवर्तन गर्दै नगरपालिकाको समुन्नत बिकासका लागि शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने, रोजगारीको सिर्जना गर्ने, गोकर्णेश्वर, चामुण्डा, उत्तरबाहिनी, बागद्वार, सुन्दरीमाई, तारेभिर लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई अझै बढी आकर्षक बनाउन सकिने उनले बताए ।

‘राजनीतिक तथा सामाजिक संघ संगठनमा राम्रो पकड पनि भएको र उच्च तहका नेताहरुसँग सुमधुर सम्बन्ध पनि भएकाले गोकर्णेश्वर नगरपालिकामा नमूनायोग्य काम गर्न सक्छु भन्नेमा पूर्ण विश्वस्त छु,’ भन्दै मेयर पदमा उनको दाबेदार भएको बताए। दिपक रिसालले आफू कार्यकारी भूमिकामा नभए पनि नगरपालिकाको विकास तथा जनताको सेवाका लागि भूमिका खेलेको बताउदै मेयर बनेर अझ बढी काम गर्ने चाहना भने,उनले गोणर्केश्वर नगरपालिकालाई धार्मिक, पर्यटकीय र नयाँ समृद्ध सहर बनाउने र बर्तमाण मेयर सन्तोष चालिसे जीको अगुवाईमा भएका राम्रा कामलाई निरन्तरता दिने र अधुरा कामलाई पूरा गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन।

उनले भने, मेयर सन्तोष चालिसे बीस २०७४ सालमा भएको सहमति अनुसार आफुले सन्तोष चालिसे जीलाई सघाएँको र यसपटकको चुनावमा मेयर सन्तोष चालिसेले सघाउनु पर्ने समेत बताएका छन।सन्तोषजीले आफैंले अबको मेयरको उम्मेदवार दीपक हो भनेपछि मेरो बाटो खुल्ला भएको छ, त्यसै अनुसार मैले मेयर पदमा चुनाव लड्ने आन्तरिक तयारी गरिरहेको छु, रिसालले भने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१