टेलिकमको प्रबन्ध निर्देशकमा सुनील पौडेल नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०७८, शुक्रबार ०५:३०

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई नियुक्त गरेको हो ।

पौडेल यसअघि सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक थिए । उनी टेलिकमको कर्मचारी बाहिरबाट आउन सफल भएका छन् ।

यसअघि मन्त्रिपरिषदमा संगिता पहाडी अर्याल, बुद्धि आचार्य र सुनील पौडेलको नाम सिफारिश भएको थियो । उक्त नामहरुमध्येबाट पौडेलको नियुक्ति भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, अशोज ४, २०८१