विश्‍वकै आकर्षक र दुर्लभ दुई नयाँ पाहुना भित्रिँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ आश्विन २०७१, बिहीबार १३:०२
10645187_847541225270321_2412992694846206610_nकाठमाडौँ ,२३ असोज  ।  सदर चिडियाखानामा विश्‍वकै आकर्षक र दुर्लभ दुई नयाँ पाहुना थपिने भएका छन्। बाघ र दुर्लभ एकसिंगे गैंडा एकसाथ दसैंलगत्तै चिडियाखाना प्रवेश गर्दैछन्। चितवन राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको एउटा बाघ र टुहुरो गैंडा चिडियाखानामा ल्याएर रा न खोर बनाउने काम सकिएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा. महेश्वर ढकालले बाघ र गैंडा चिडियाखाना ल्याउने निर्णय भइसकेको जानकारी दिँदै केही दिनभित्रै नयाँ पाहुना थपिने बताए। बस्तीमा पसेपछि थानीय बासिन्दाले उद्धार गरेर निकुञ्‍जमा बुझाएको डमरु अहिले चार वर्षको भइसकेको छ। बाघसँगै चिडियाखाना ल्याउन लागिएको गैंडा भने टुहुरो हो। गत वर्ष बाघको आक्रमणबाट खुट्टा भाँच्चिएको यो गैंडा अहिले स्वस्थ भइसकेको छ।

चितवन राष्ट्रिय निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले एक वर्षको उपचार र हेरचाहपछि ठीक भएको गैंडा चिडियाखानामा आकर्षणको केन्द्र बन्न सक्छ। उद्धार केन्द्र नहुँदा अलपत्र परेका तथा घाइते वन्यजन्तु राष्ट्रिय निकुञ्ज तथा चिडियाखाना पठाउनुपर्ने बाध्यता छ। ‘अलपत्र वन्यजन्तुको संख्या बढिरहेको अवस्थामा उद्धार केन्द्र नहुँदा व्यवस्थापन जटिल बनेको छ’, प्रवक्ता ढकालले भने।

बाघका लागि खोर बनाउने काम अन्तिम चरणमा पुगेको चिडियाखानाका चिकित्सक डा. बालकृष्ण गिरीले बताए। नयाँ जनावरलाई करिब एक महिना अलग्गै राखेर मात्रै समूहमा मिसाइन्छ।’हामी क्वारेन्टाइनमा राखेर सबै परीक्षण गर्छौं र त्यसपछिमात्रै मिसाउँछौं’, गिरीले भने। नयाँ गैंडालाई समूहमा मिसाए पनि बाघलाई भने अलग्गै राख्नुपर्छ।नयाँ र पुराना बाघ एक ठाउँमा राख्दा द्वन्द्व हुने भएकाले पनि अलगअलग राखिन्छ।

हाल चिडियाखानामा दुई भाले र एक पोथीसहित तीनवटा बाघ छन्। दुई भाले करिब आठ वर्ष र पोथी सात वर्षका हुन्। चिडियाखानामा हाल दुई भाले र एक पोथी गरी तीनवटा गैंडा छन्।

Photo: चिडियाखानामा नयाँ पाहुना भित्रिँदै

सदर चिडियाखानामा विश्‍वकै आकर्षक र दुर्लभ दुई नयाँ पाहुना थपिने भएका छन्। बाघ र दुर्लभ एकसिंगे गैंडा एकसाथ दसैंलगत्तै चिडियाखाना प्रवेश गर्दैछन्। चितवन राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको एउटा बाघ र टुहुरो गैंडा चिडियाखानामा ल्याएर रा न खोर बनाउने काम सकिएको छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा. महेश्वर ढकालले बाघ र गैंडा चिडियाखाना ल्याउने निर्णय भइसकेको जानकारी दिँदै केही दिनभित्रै नयाँ पाहुना थपिने बताए। बस्तीमा पसेपछि थानीय बासिन्दाले उद्धार गरेर निकुञ्‍जमा बुझाएको डमरु अहिले चार वर्षको भइसकेको छ। बाघसँगै चिडियाखाना ल्याउन लागिएको गैंडा भने टुहुरो हो। गत वर्ष बाघको आक्रमणबाट खुट्टा भाँच्चिएको यो गैंडा अहिले स्वस्थ भइसकेको छ। 

चितवन राष्ट्रिय निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले एक वर्षको उपचार र हेरचाहपछि ठीक भएको गैंडा चिडियाखानामा आकर्षणको केन्द्र बन्न सक्छ। उद्धार केन्द्र नहुँदा अलपत्र परेका तथा घाइते वन्यजन्तु राष्ट्रिय निकुञ्ज तथा चिडियाखाना पठाउनुपर्ने बाध्यता छ। 'अलपत्र वन्यजन्तुको संख्या बढिरहेको अवस्थामा उद्धार केन्द्र नहुँदा व्यवस्थापन जटिल बनेको छ', प्रवक्ता ढकालले भने। 

बाघका लागि खोर बनाउने काम अन्तिम चरणमा पुगेको चिडियाखानाका चिकित्सक डा. बालकृष्ण गिरीले बताए। नयाँ जनावरलाई करिब एक महिना अलग्गै राखेर मात्रै समूहमा मिसाइन्छ।'हामी क्वारेन्टाइनमा राखेर सबै परीक्षण गर्छौं र त्यसपछिमात्रै मिसाउँछौं', गिरीले भने। नयाँ गैंडालाई समूहमा मिसाए पनि बाघलाई भने अलग्गै राख्नुपर्छ।नयाँ र पुराना बाघ एक ठाउँमा राख्दा द्वन्द्व हुने भएकाले पनि अलगअलग राखिन्छ। 

हाल चिडियाखानामा दुई भाले र एक पोथीसहित तीनवटा बाघ छन्। दुई भाले करिब आठ वर्ष र पोथी सात वर्षका हुन्। चिडियाखानामा हाल दुई भाले र एक पोथी गरी तीनवटा गैंडा छन्।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१