गठबन्धन सरकारले अर्थतन्त्र ध्वस्त बनायो : अध्यक्ष ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ चैत्र २०७८, शुक्रबार ०५:१०

नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई चुनावमा हराएर देशी-विदेशी प्रतिक्रियावादीको षड्यन्त्र असफल बनाउनुपर्ने जिम्मेवारी जनतामा आएको बताउनु भएको छ ।

नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरु, दलाल पूँजीवादी यिनै पाँचदलीय गठबन्धन भएको भन्दै चुनावमा हराउन सकिएन भने देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरु सक्रिय हुने बताउनु भएको हो ।

अध्यक्ष ओलीले एमाले सरकारबाट हटेको नौ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको बताउनु भयो । अध्यक्ष ओलीले वर्तमान सरकारले अस्पताल र विद्यालयका आयोजनाहरुसमेत बन्द गर्न थालेकाले वृद्ध भत्तासमेत कुन दिन देखि बाँड्न रोक्ने आशंका व्यक्त गर्नुभयो ।

नेकपा समाजवादी एकीकृतका धेरै नेताहरुलाई एमालेमा प्रवेश गराएका एमाले अध्यक्ष ओलीले ‘एस’ भन्ने पार्टी बाँकेमा ‘फुस’ भएको बताउनु भयो ।

अध्यक्ष ओलीले नेकपा समाजवादीका जिल्ला सहसचिव एवं युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापालगायत नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउनु भयो ।

बाँकेमा मात्रै होइन, अहिले एमाले प्रवेशका लागि देशभर जनलहर चलेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१