चावहिल नापीका कर्मचारी नगदसहित ललितपुरबाट पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७८, बिहीबार ०५:२९

काठमाडौं । नापी कार्यालय, चावहिल १ नं. नापी टोली, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाश राज भट्टलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

केसी र भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको सुचनाको आधारमा १ लाख रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

वाग्राहीसँग १ लाख घुस लिइसकेको अवस्थामा केसी र भट्टलाई ललितपुर महानगरपालिका वडा नं. –५, लगनखेल, महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१