एमालेको विचार झल्किने टिकटक बनाउनेलाई १ लाख पुरस्कार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७८, बिहीबार ०५:२५

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बारे टिकटक बनाउनेलाई १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । एमाले निकट युवासंघ र साइबर सर्कलले टिकटक प्रतियोगिता आयोजना गर्ने भएका हुन् ।

एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडियो प्रतियोगिताको आयोजना गर्न लागिएको सर्कल र युवासंघले जनाएको छ ।

टिकटक भिडियो प्रतियोगिताको प्रथम पुरस्कार १ लाख द्धितिय पुरस्कार ५० हजार तृतिय. पुरस्कार २५ हजार घोषणा गरिएको हो । भिडियो चैत्र २१ गतेदेखि २०७९ बैशाख ३० गतेसम्म अपलोड गरिसक्नुपर्ने सर्त राखिएको हो ।

भिडियोमा एमालेले अघि सारेका योजना र विकासमा आधारित हुनुपर्ने लगायतका सर्तहरु राखिएको छ । यो प्रतियोगिता चुनाव लक्षितकार्यक्रम अन्तर्गतको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१