ब्रिलियन्ट क्याम्पसमा नेपाल बैंकको डिजिटल बैंकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७८, बिहीबार ०५:१२

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाण्डौको सिफल स्थित ब्रिलियन्ट बहुमुखि क्याम्पसमा डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विधार्थीहरुलाई डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्का प्रविधिहरुमा अभ्यस्त गराउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको थियो ।

ब्रिलियन्ट बहुमुखि क्याम्पसका प्रिन्सिपल दुर्गा प्रसाद नेपाल प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका मार्केटिङ्ग तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल, नेपाल बैंक चाबहिल शाखाका शाखा प्रबन्धक द्वारीका घोरासैनी लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु सहभागि भएको उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरता सम्बन्धि जानकारी, नेपाल बैंकले लागु गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बंैकिङ प्रविधिहरु, बिद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङ्का विविध आयामहरुको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा क्याम्पस प्रमुख दुर्गा प्रसाद नेपालले ब्रिलियन्ट क्याम्पसका विद्यार्थिहरुलाई लक्षित गरि डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाइ धन्यबाद दिंदै बिधार्थीहरुले यस कार्यक्रमबाट बढि भन्दा बढि लाभ लिने बिश्वास व्यक्त भएको थियो ।

हाल नेपाल बैंकमा नयाँ जोश जाँगर भएका, प्रतिस्पर्धि सोच भएका उर्जाशिल कर्मचारीहरु रहेको उल्लेख गर्दै उहाँले नेपालको पहिलो बैंकले आम नेपालीमा वित्तीय पहुँच पुर्याउन गरिरहेको वित्तीय साक्षरता अभियान निकै प्रशंसनीय कार्य भएको बताउनु भयो । नेपाल बैंक लि.चावहिल शाखाका शाखा प्रबन्धक श्री द्वारीका घोरासैनीले नेपाल बैंक र बिलियन्ट क्याम्पस बिच रहेको निकट सम्बन्ध आगामि दिनमा थप मजबुत हुंदै जानेछ भन्ने बिश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा नेपाल बैंक मार्केटिङ्ग तथा रिर्सच डिभिजन प्रमुख अर्जुन बहादुर कँडेलले वित्तीय साक्षरता सम्बन्धि बिभिन्न आयामहरुमा विद्यार्धिहरुलाई प्रशिक्षण दिंदै नेपाल बैंक लि.ले विद्यार्धिहरुलाई लक्षित गरि ल्याएका बिभिन्न बैंकिङ्ग प्रोडक्ट तथा सेवा सुबिधाहरुको वारेमा जानकारी गराउनु भएको थियो ।

अनवरत विश्वासको ८५ औ बर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेड सबै पुस्ताको उत्तिकै रोजाइको बैकको रुपमा रहन सफल भएको छ । बैंकले हाल नेपालभर २१३ शाखाहरु १६० एटिएम, र ५० एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बैंकिङ् सेवा उपलब्ध गराईरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१