नेकपा माआवादी केन्द्र सिन्धुपाल्चोकको चुनाबि माहोल तात्यो : सम्पर्क समन्वय समितिका प्रभावशालि नेताहरु समेत स्थानियतहमा चुनाव लड्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ चैत्र २०७८, बिहीबार ०५:१०

काठमाडौं । २०७९ बैशाख ३० गतेको लागि घोषणा गरिएको स्थानिय तहको चुनाव नजिकिदै गर्दा नेकपा माआवादी केन्द्र सिन्धुपाल्चोकको चुनाबि माहोल तात्तिन थालेको छ ।

स्थानिय चुनावमा गठबन्धनको बिषयमाथि छलफल भईरहेको अवस्थामा माओवादी केन्द्रको स्थानिय समितिहरुले भने आवस्यकता पर्दा एक्लै पनि चुनावमा जान सकिने गरी तयारी भईरहेको बताएका छन् । प्रतेक गाउँपालिकाले चैत्र २८ गते सम्ममा आ–आफ्नो वडा सम्मको प्रतिनिधि चयन गर्ने समय राखेर वडा स्तरमा छलफल चलाई रहेको बेला नेकपा माआवादी केन्द्र सम्बद्ध सिन्धुपाल्चोक काठमाडौ. सम्पर्क समन्वय समितिले भने सिन्धुपाल्चोकको १२ वटै स्थानिय तहमा आफ्नो तर्फबाट उम्मेदवारी सिफारीस गरी नेकपा माआवादी केन्द्र सम्पर्क समन्वय समिति बागमती प्रदेश मा पठाएको छ । समितिले पठाएको सिफरीसमा सम्पर्क समन्वय समितिका केहि प्रभावशालि नेता हरुको समेत राखिएको छ ।

सम्पर्क समन्वय समिति बागमती प्रदेशका अध्यक्ष ठुलोबाबु श्रेष्ठ , नेकपा माआवादी केन्द्र सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति का ईन्चार्ज बयान बहादुर कार्की , प्रदेश सदस्य लक्ष्मि बस्नेत , महिला बिभाग ईन्चार्ज मिथिला सिग्देल , सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति का सचिव तोक बहादुर गधराज , अर्चना खड्का ,शारदा आचार्य,आशा गुरुङ ,कृष्ण कुमारी कुँवर तथा देवराज बस्नेत लगायत रहेका छन् । सम्पर्क समन्वय समितिलाई उचित मुल्याङ्कन गरेर कोटा छुट्याउनु पर्ने भन्दै दबाबमुलक ढंगबाट यो सिफारीस माथिल्लो समितिमा गएको हुन सक्ने बताईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१