‘लोटस फेसन मेट्रो ’ले मनायो छैठौ बार्षिकोत्सव ,३ दिन सम्म ३० प्रतिसत सम्म छुटको व्यवस्था

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७८, मंगलवार ११:२८

काठमाडौं । सामाखुसी सरकारी धारा स्थित ‘लोटस फेसन मेट्रो ’ ले एक कार्यक्रमबीच छैठौ वार्षिकोत्सव मनाएको छ । आइतबार राजधानीको सामाखुसी स्थित पसलको कार्यालयमा चर्चित गायिका सुनिता दुलाल , वेलफेयर बैककी सह प्रमुख सुधा थापा ,लायन्स कल्वकि जोन अध्यक्ष लक्ष्मी थापा लगायतले केक काटेर वार्षिकोत्सव मनाएका हुन् ।
गायिका सुनिता दुलालले लोटस फेशन सञ्चालनमा आएदेखि नै आफूू नियमित कस्मटर भएको समेत जानकारी दीइन  । गायिका दुलालले लोटस फेसन मेट्रोले आफुलाई फेसन कन्सस बनाइसकेको समेत बताइन । लोटस फेसन मेट्रो लायन्स कल्व अफ काठमाडौं आशिर्वादकी अध्यक्ष कमला श्रेष्ठ सञ्चालनमा ल्याएकी हुन् ।
लोटस फेसन मेट्रो हरेक उमेर समुहका महिलाहरुको पहिलो रोजाइ हो । किशोरी ,अफिसियल महिलाहरु तथा गृहिणीहरुको रोजाईमा पर्ने गरेको लोटस फेसनमा अन्तर्राष्ट्रिय ब्राण्डका प्रिमियम क्वालिटीका फेन्सी कपडाहरु पाइने गरिन्छ ।
लोटस फेसन मेट्रोले आफ्नो छैठौ वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकहरुका लागि ३ दिन सम्म ३० प्रतिसत सम्म छुटमा किनमेल गर्न सकिने  व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१