काँग्रेस सभापतिका रुपमा भाजपा कार्यालय जानुभएको होः परराष्ट्रमन्त्री खड्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७८, मंगलवार ०५:५४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापति समेत भएकाले भारतीय जनता पार्टीको कार्यालयमा गएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताएका छन् । आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले देउवा प्रधानमन्त्रीका रुपमा नभई काँग्रेस सभापतिका रुपमा भाजपा कार्यालय गएको बताए ।

‘नेपाली काँग्रेसको सभापति भएको नाताले भाजपा कार्यालय जानुभएको हो,’ परराष्ट्रमन्त्री डा. खड्काले पत्रकारको प्रश्नमा भने, ‘उहाँ प्रधानमन्त्रीका रुपमा नभई काँग्रेस सभापतिका रुपमा जानुभएको हो ।’ नेपाली काँग्रेसको भारतीय जनता पार्टीसँग सुमधुर सम्बन्ध रहेको भन्दै दुई पार्टीबीच भ्रमणहरु हुने बताए ।

देउवा भाजपाको केन्द्रीय कार्यालयमा जानुलाई कूटनीतिक मर्यादा विपरित भनी आलोचना भइरहँदा खड्काको पछिल्लो भनाई आएको हो ।

खड्काले प्रधानमन्त्री देउवाले समकक्षी मोदीसँग सीमा समस्याबारे कुराकानी गरेको बताए । कूटनीतिक माध्यमले सीमा सम्बन्धी समस्याको हल गर्ने विषयमा कुराकानी भएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१