गठबन्धनका दलबीच स्थानीय तहमा तल्लो इकाईसम्म तालमेलको पहल चल्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ चैत्र २०७८, मंगलवार ०५:४७

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलबीच स्थानीय तहको तल्लो इकाईसम्म तालमेलको पहल चलेको छ । केन्द्रबाट गठबन्धनका दलले तालमेल गर्ने निर्णय गरेपछि जिल्ला, पालिका, वडा तहसम्म तालमेलको खाका तयार गर्न कार्यदल नै बनाउन थालिएको छ ।

चितवनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक बसी तालमेलको निर्णय गरेका छन् । उनीहरु कार्यदल बनाएर दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न लागिपरेका छन् ।

विभिन्न जिल्लामा तालमेलका लागि पहल चलिसकेको छ । गठबन्धनका दलहरुबीच महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाका विभिन्न पदहरुमा आवश्यकता अनुसार भागवण्डाको तयारी समेत चलिसकेको छ । विशेषगरी ६ वटा महानगरपालिकामा नेपाली काँग्रेसले कम्तिमा ३, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले १-१ मेयर लिने मोटामोटी सहमति बनिसकेको बुझिएको छ ।

नेपाली काँग्रेसले भने ४ महानगरपालिकामा मेयरको दाबी गर्दै आएको छ । महानगरपालिकाको साटो उपमहानगरपालिकामा लचिलो हुने काँग्रेसको प्रस्ताव रहेको बुझिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१