विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ चैत्र २०७८, बिहीबार ०५:१६

काठमाडौं । कैलालीको कालिका निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झंकर बहादुर वमसहित ६ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरुमाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दर्ता गरेको हो ।

विद्यालयको खातामा भएको रकम हिनामिना गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्राणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा कालिका निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु अध्यक्ष झंकर बहादुर वम, सदस्य धिरेन्द्र बहादुर विष्ट, सदस्य कमला रावल (विष्ट), शिक्षक प्रतिनिधि कमल बहादुर शाही र प्रधानाध्यापक तथा सदस्य–सचिव जनक बहादुर थापाले कालिका सामुदायिक वन उपभोक्ता समूहले टेण्डरमार्फत गोलिया काठ लिलाम गरी विद्यालयलाई शैक्षिक अनुदान दिएको रकम व्यवस्थापन समितिको बैठकले विद्यालयलाई अनुदान ऋण उपलब्ध गराउँदै आइरहेको भनिएका आर.एस. सःमिलका प्रोप्राइटर रमेश थापालाई बदनियतपूर्वक विद्यालय/सार्वजनिक संस्थाको ८ लाख रुपैयाँ बराबरको सम्पत्ति उपलव्ध गराई आर्थिक अपचलन गरेको पुष्टि गरेको थियो ।

६ जनामाथि ८ लाख रुपैयाँ असुलउपर गर्न माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१