ठेकेदार, जग्गा व्यापारीसहित चल अचल कारोबार गर्ने स्थानीय चुनावमा उम्मेदवार हुन नपाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ चैत्र २०७८, बिहीबार ०५:१३

काठमाडौं । ठेक्कापट्टालगायत चल अचल कारोबारमा संलग्न कसैले पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने भएका छन् । निर्वाचन आयोगले ठेक्कापट्टा र अन्य कारोबारमा संलग्न नभएकोले मात्र उम्मेदवार बन्न पाउने निर्णय गरेको हो ।

बुधबार बसेको निर्वाचन आयोगको बैठकले उम्मेदवार बन्न चाहनेले ठेक्कापट्टा या अन्य कारोबारमा संलग्न नभएको स्वघोषणा गर्नुपर्ने नियम बनाएको हो । कारोबार गर्नेमा जग्गा व्यवसायमा संलग्न पनि उम्मेदवार बन्न नपाउने प्रावधान राखिएको छ ।

कन्फ्क्लििट अफ इन्टरेष्ट अर्थात स्वार्थको द्वन्द्वलाई दृष्टिगत गरी चल अचल कारोबार गर्ने कसैले पनि उम्मेदवार बन्न नपाउने प्रावधान राखिएको हो ।

स्थानीय निकायमा चुनाव जितेकाहरु ठेक्कापट्टा, जग्गा व्यवसायीलगायत हुँदा ठूलो समस्या आएको गुनासाहरु परेपछि आयोगले चल अचल सम्पत्तिको कारोबार गर्नेहरुमाथि उम्मेदवार बन्न प्रतिबन्ध लगाएको हो । स्थानीय तहमा नगद वा जिन्सी बाँकी भएकाहरुलाई पनि उम्मेदवार हुन नसक्ने व्यवस्था गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१