सभामुख अग्नि प्रसाद सापकोटा द्वारा वडा कार्यालय तथा स्वास्थ्य को भवन उद्घाटन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ चैत्र २०७८, बुधबार ०४:३२

सिन्धुपाल्चोक । अब देखि काठमाडौं बाट सिधै बलेफी गाउँपालिका वडा नं. ६ को जालबारी , मांखा र बुवासे सम्म अरनिको यातायात बाट यात्रा गर्न सकिने भएको छ ।
आज एक कार्यक्रम बिच सभामुख अग्नि प्रसाद सापकोटाले अँधेरी बाट बुवासे सम्म जाने बाटोमा रिबन काटेर तथा १ लिामिटर यात्रा गरेर उद्घाटन गर्नु भएको हो ।
यसै बिच सभामुख सापकोटाले मांखामा रहेको स्वास्थ्य भवन र खोलेखेत डाँडामा रहेको वडा नं. ६ को वडा कार्यालय भवनको पनि उद्याटन गर्नु भएको छ ।
बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा सभामुख अग्नि प्रसाद सापकोटाको प्रमुख आतिथ्य, नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज माधव सापकोटा , नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य अमृता नेपाल ,नेपाली काग्रेसका क्षेत्रीय सचिव कृष्ण प्रसाद आचार्य ,प्रमुख जिल्ला अधिकारी , गाउँ पालिकाको प्रसाशकिय अधिकृत जिल्लाका शुरक्षा प्रमुखहरु लगायतको आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा वडा नं. ६का स्थानिय तथा आसपासका गाउँबाट आएका मानिसहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै वडा नं. ६ का वडाअध्यक्ष चित्र बहादुर तामाङले आफ्नो ५ बर्षको कार्यकालमा आफुले जानेको र बुझेको तथा हुन सक्ने काम गरेको बताउँदै केहि कमजोरी भए सुध्रिएर अगाडी बढ्न आफु तयार भएको बताउनु भएको छ । अब फेरी जनताले फैसला गर्ने बेला आएकोले सचेत हुन आग्रह समेत गर्नु भएको छ ।
नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकका ईन्चार्ज तथा युवानेता माधव सापकोटाले कार्यक्रममा बोल्दै “ शुरु चरणको बिवाद हेर्दा यसरी यो भवन बन्ला भन्ने लागेको नै थिएन । जे होस् यो वडाको नागरिकहरु सचेत रहेछन् । आफ्नो समस्या आफैंले समाधान गरेर यहाँ भवन बनाउन सफल भएका हुन् ” भन्नु भयो ।

गाउँपालिका अध्यक्ष केदार क्षेत्री ले आफ्नो समर्थन र वडा अध्यक्षको आँटले मात्र यो भवन बनाउन सफल भएको भन्दै ५ बर्ष देखि निरन्तर बजेट बिनियोजन गरेको ठाउँहरुमा समेत भवन बन्न नसक्नु ले आफुलाई दुखि तुल्याएको बताउनु भयो ।
प्रमुख अतिथि सापकोटाले यो कार्यक्रम पुनर्मिलन जस्तो भएको भन्दै बाल पन देखि युवा अवस्था र सहयोद्धा समेतलाई यसरी भेट्न पाउँदा आफु ज्यादै हर्षित भएको बताउनु भयो । उहाँले सभामुख को पद आफुलाई बिश्व बिद्यालय जस्तै भएको भन्दै राजनितिमा कस्ता कस्ता दाउपेचहरु चल्दा रहेछन् भन्ने आफुले बल्ल अलि अलि बुझ्न थालेको बताउनु भयो ।
यहाँ मात्र नभएर समग्र क्षेत्रको बिकासमा आफ्नो ध्यान जानुपर्ने बताउदै बताउँदै सापकोटाले यो सडकको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा बिनु शाक्य र पार्वती तामाङ को नृत्य तथा आशमान तामाङ र कुमार चालिसेको गितले सबै लाई संगितमय बनाएको थियो ।
कार्यक्रम सन्चालन पत्रकार दिनेश थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१