देउवाले टिकट बाँड्ने समितिमा को को रोज्लान् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ चैत्र २०७८, बुधबार ०४:२७

काठमाडौं। नेपाली काँग्रेसमा चुनावमा टिकट बाँड्ने निर्णायक निकाय संसदीय समिति हो । यसकारण यसको बेग्लै महत्व छ ।

काँग्रेसको टिकट बाँड्ने समितिमा सभापतिसहित पदाधिकारीहरु पदेन रहने व्यवस्था छ । त्यसबाहेक केन्द्रीय सदस्यहरुलाई केन्द्रीय कमिटीले मनोनित गर्ने व्यवस्था छ ।

काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकले संसदीय समितिमा १२ जनालाई मनोनित गर्ने सम्भावना छ । केन्द्रीय कार्यसमितिले सभापति शेरबहादुर देउवालाई चयनको अधिकार पनि दिन सक्ने बुझिएको छ ।

देउवाले संसदीय समितिमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छेदार, कृष्णप्रसाद सिटौला, डा. सशांक कोइराला, डा. शेखर कोइराला पर्ने निश्चित नै छ । त्यसबाहेक अर्जुननरसिंह केसी, डा. रामशरण महत, बालकृष्ण खाँड, एनपी साउद, डा. प्रकाशशरण महत, सुजाता कोइराला, चित्रलेखा यादवलगायतबाट छान्ने सम्भावना बलियो छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१