स्थानीय तहको चुनावमा तालमेल गर्ने काँग्रेसको निर्णय, सत्ता गठबन्धन एक भएर चुनावमा जाने सम्भावना बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ चैत्र २०७८, बुधबार ०४:१७

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय निकायको निर्वाचनमा तालमेल गर्ने भएको छ । आज केन्द्रीय कार्यसमितिले आवश्यकता अनुसार स्थानीय निकायमा तालमेल गर्ने निर्णय गरेको हो ।

काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सर्वसम्मत रुपमा तालमेल गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि काँग्रेसभित्र डा. शेखर कोइराला पक्षधरले तालमेलको विरोध गर्दै आएको थियो । तर, सभापति शेरबहादुर देउवासहित उनी पक्षधर नेताहरु तालमेलको पक्षमा उभिएपछि उक्त निर्णय भएको हो ।

आजको निर्णयसँगै काँग्रेसले सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने निश्चितप्रायः भएको छ ।

काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । उपसभापति पूर्णबहादुर खड्कालाई निर्वाचन परिचालन समितिको संयोजक तोकेको छ । उनी काँग्रेसको चुनावी कमाण्डर भएका छन् । डा. प्रकाशशरण महतको संयोजकत्वमा प्रचार प्रसार समिति पनि गठन भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१