गृहमन्त्री खाँणको सक्रियता बढ्यो, प्रचण्डसँग भेटवार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ चैत्र २०७८, सोमबार ०४:३७

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।

आइतबार बिहान प्रचण्ड निवास खुमलटारमापुगेर खाणले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि गृहमन्त्री खाँणको सक्रियता बढेको छ।

पछिल्लो समय नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गर्नेबारे छलफल चलाएको छ।

प्रचण्ड त सुरुदेखि नै तालमेलको पक्षमा उभिएका छन् ।

उनले तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताउँदै आएका छन्।

खाँण प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१