स्थानीयले कुटे सांसदलाई, सांसदको अवस्था गम्भीर र हेलिकप्टरबाट काठमाडौँ ल्याईयो..

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ चैत्र २०७८, आईतवार ०५:०८

जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक एवं सांसद प्रमोद साह स्थानीयबाट कुटिएका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका–६, बयलवासमा शनिबार आज बिहान क्लबको भवन निर्माणको विषयमा विवाद हुँदा सांसद साह कुटिएका हुन् । सो स्थानमा सांसद साह र स्थानीय पक्षबीच झडप नै भएको स्थानीयले बताएका छन् ।साहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्थानीयको आक्रमणमा परी उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । उनको अहिले सर्लाहीमा सामान्य उपचारपछि हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ ।

झडपमा साहका अङ्गरक्षक प्रहरी सहायक निरीक्षक असई विनोदप्रसाद यादव पनि घाइते भएको र साहको गाडीमा पनि क्षति पुगेको जनाइएको छ । त्यस्तै केही मोटरसाइकलमा आगजनीसमेत भएको प्रहरीले जनाएको छ ।

कसरी भयो झडप ?

फूलजोर–त्रिभुवननगर सडकअन्तर्गत बयलवास बजार क्षेत्रमा एउटा फूलजोर युवा क्लबको भवन थियो । तर उक्त भवन सडक बिस्तारको क्रममा भत्काइएको थियो ।स्थानीयले सोही स्थानमा भवन निर्माण गर्न जोड दिए । तर सांसद साह पक्षले त्यहाँ निर्माण गर्न नदिने र अन्यन्त्र नै बनाउने बतायो ।

यही अर्को भवन बनाउने र अन्यन्त्र सार्ने विषयको विवाद लामो समयदेखि नै चलिरहेको थियो । सांसद साह अन्यन्त्रै सार्नुपर्ने पक्षको अडामै थिए ।यही क्रममा सांसद साहको पक्षका कार्यकर्ताले शनिबार बिहानैबाट प्रदर्शन थालेका थिए । सो क्रममा बयलवास बजार क्षेत्रका स्थानीयले प्रतिकार गरेपछि झडपको स्थिति सृजना भएको थियो ।

अहिले बयलवास बजार क्षेत्रमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१