ड़ा.सैयदको टोलिले स्याफ्रुबेसीमा नि-शुल्क शिविर गर्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०७८, शुक्रबार ०५:५४

गोसाईकुण्ड गाउँपालिकाको आयोजनामा स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतालले स्याफ्रुबेसी स्वास्थ्य चौकी,रसुवा जिल्लामा आगामी चैत्र १३ गते आइतबार बृहत नि-शुल्क स्वास्थ्य शिविर गर्ने जानकारी गरायको छ ।
समाजसेवी चिकित्सक स्त्रीरोग विशेषज्ञ डा. मनोर दिन सैयदका साथै अस्पतालका अन्य विशेषज्ञहरु हाड जोर्नी तथा नशा रोग, दन्त सेवा, भिडियो-X Ray, सामान्य चिकित्सा, ल्याब सेवा र नि-शुल्क औषधि वितरण समेत गरिने अस्पतालका अस्पताल प्रबर्धन अधिकृत सन्जिब कंडेलले बताउनुभयो ।
देशका झन्डै आधा जसो जिल्लाहरुमा नि-शुल्क स्वास्थ्य शिविरहरु गरेर चर्चा बटुल्न सफल डा. सैयदले उक्त नि-शुल्क स्वास्थ्य शिबिरमा भाग लिएर स्थानीय जनताहरुलाई लाभान्वित हुन आव्हान गर्नुभयको छ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१