इन्धनको मुल्य बढेजस्तै विजुलीको मुल्य पनि बढ्यो, भारतले डबल मुल्य तिर्दा पनि बिजुली दिएन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०७८, शुक्रबार ०५:२९

काठमाडौ । लगातार बढिरहेको इन्धनका बजार भाउ बढीरहेको बेला फेरी विजुलीको भाउ पनि बढ्दै गएको छ । भारतीय बजारमा बिजुलीको भाउ बढेपछि नेपाल विद्युत प्राधिकरणलाई आयात गर्नका लागि बिजुली किन्न मुस्किल परिरहेको छ।

भारतले कोइलाको अभाव र पेट्रोलियम पदार्थको भाउ बढेको कारण देखाउँदै बिजुलीको भाउ पनि बढाएको जनाएका छन् । अहिले बिजुली ५ गुणाँसम्म बढेको छ । एक महिनाअघि रूसले युक्रेनमाथि आक्रमण गरेपछि संसारभरि नै पेट्रोलियम पदार्थको भाउ आकाशिएको छ। त्यसको असर नेपालमा पनि परेको छ ।

‘विद्युत प्राधिकरणले ५ रुपैया प्रतियुनिट भारुमा बिजुली किन्दै आएकोमा तर अहिले भने ९ रुपैया प्रतियुनिट किन्न खोज्दा पनि नपाएको जनाएको छ । तर भारतले भने प्रतियुनिट ११ रुपैयामा बेचिरहेको जनाइएको छ । भारतमा बिजुलीको भाउ प्रतियुनिट भारू २० सम्म पुग्ने गरेको छ। नेपालमा प्राधिकरणले ग्राहकलाई १० रुपैयाँसम्ममा बिजुली बेच्दै आएको छ।

‘भारतमा भाउ निकै महंगो भएपछि प्राधिकरणलाई बिजुली किन्न मुस्किल परिरहेको बेलामा अब नेपालमा पनि विजुलीको भाउ बढ्ने सम्भावना देखिएको छ । नेपालले अहिले दैनिक ४ सय मेगावाटको हाराहारीमा बिजुली भारतबाट आयात गरिरहेको छ।

त्योमध्ये ठूलो मात्रा खुला बजारबाट किन्छ भने केही बिजुली राज्यस्तरका निकायबाट किन्दै आएको छ। भारतबाट आउने बिजुली महंगो भएपछि प्राधिकरणले साँझ पिक आवरमा कुलेखानी र तामाकोशी पूर्ण क्षमतामा चलाउने गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर १२, २०८१