निर्वाचनसम्म नै गठबन्धन कायम राख्ने प्रधानमन्त्री पत्नीको चाहना, टिकट पाए कैलालीमै चुनाव लड्छु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ चैत्र २०७८, शुक्रबार ०५:२७

काठमाडौ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी डा। आरजु राणा देउवाले पाँच दलीय गठबन्धन निर्वाचनसम्म कायम रहने बताएकी छन् । उनले आफुलाई पार्टीले टिकट दिए कैलालीमै उम्मेदवार बन्ने चाहना रहेको पनि दोहोर्याएकी छन् ।

बिहीबार धनगढीस्थित आफ्नै निवासमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनताको म्यान्डेट सबै दल मिलेर अघि बढ्नुपर्ने भएकाले निर्वाचनसम्मै गठबन्धन कायम रहनु पर्ने आफ्नो धारणा रहेको बताएकी हुन् ।

‘एमाले मात्र छैन, अरू पार्टी पनि छन्, ०७४ को चुनावले सिकाएको अनुभवले गठबन्धनमा जानैपर्छ । कांग्रेस लोकतान्त्रिक पार्टी हो गठबन्धन गर्ने नगर्नेबारे बहस भएका छन्, हामी निर्णय गरेरै गठबन्धन बनाएर चुनावमा जान्छौं,’ उनले भनिन् ।

राणाले स्थानीय चुनाव हुनेमा पनि ढुक्क रहन आग्रह गरिन् । उनले स्थानीय निर्वाचनमा वडा तहदेखि सिफारिसका आधारमा उम्मेदवार बनाइने पनि जानकारी दिइन् । सानातिना मनमुटाव एउटा घर, परिवारबीच हुन्छन् त्यस्तो हुनु सामान्य पनि हो त्यसैले कांग्रेसको आन्तरिक चुनावका मनमुटाव जनताकाबीचको चुनावमा प्रकट हुँदैनन्,’ उनले भनिन् ।

नेता देउवाले आफूलाई कैलाली क्षेत्र नम्बर ५ का जनताले २२ हजारभन्दा बढी मत दिएको बताउँदै पार्टीले टिकट दिए फेरि पनि यही चुनाव लड्ने बताइन् । ‘म यहाँका जनतासँग म भिजिसकेको छु त्यसैले यही चुनाव लड्छु, मलाई यही ठाउँ मनपर्छ,’ उनले भनिन्, ‘०७४ को चुनावमा तीन, चार दल मिलेर मलाई हराएका हुन्, म हारेको होइन ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१