मन्त्रालय हेरफेर गर्दै देउवा ! केही यस्ता अनुहार नयाँ थपिदै, अर्थमन्त्रालयवाट बाहिरिदै जनार्दन शर्मा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० चैत्र २०७८, बिहीबार ०५:०९

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । उनले त्यसको तयारी थालेका छन् । मन्त्रीपरिषद्मा लोकतान्त्रिक समाजवादीका नेताहरूलाई समावेश गर्नुपर्ने भएकाले देउवा पुनर्गठनको तयारीमा लागेका हुन् । निर्वाचन समेत नजिक आएका कारण त्यसलाई सघाउ पुग्नेगरी उनले भएका मन्त्रीहरुको मन्त्रालय पनि फेरवदल गर्ने देखिएको छ ।

सबैभन्दा पहिलो निशानामा अर्थमन्त्री जनार्दन शर्मा पर्ने देखिएको छ । उनलाई अर्थतन्त्रबारे ज्ञान नभएका कारण अप्ठेरोमा परेको महशुष गर्दै देउवाले परिवर्तन गर्न लागेका हुन् । अर्थमन्त्रालय कांग्रेस आफै राख्ने र संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थमन्त्री बनाउने सम्भावना देखिएको छ । उनी यस अघि पनि अर्थमन्त्री भइसकेका कारण उनले आफुसंग भएको अनुभवको फाइदा लिन प्रधानमन्त्रीलाई कन्भीन्स गरिरहेका छन् ।

माओवादीले सञ्चारमन्त्रालय पाउने सम्भावना देखिएको छ । यसबाहेक लामो समयदेखि उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय तथा रक्षा मन्त्रालय मन्त्रीविहीन रहँदै आएका छन् । त्यसमा पनि देउवाले विभिन्न नेताहरुको कुरा सुन्दै आवश्यक निर्णय लिने देखिएको छ ।

राजन केसी वा सुजाता कोइरालाको नाम आएको छ । सुजाता उपप्रधानमन्त्री समेत भइसकेकाले पोर्टफोलियो मिलाउन प्रधानमन्त्रीलाई अलि समस्या देखिएको छ । उद्योगमा देउवा परिवारसँग अत्यन्त निकट रहेका प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पनि देउवालाई फकाउने प्रयास जारी राखेका छन् ।

महन्थ ठाकुरलाई रक्षासहित उपप्रधानमन्त्री वा राजेन्द्र महतोलाई उपप्रधानसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिन तयार रहेको बताएको लोकतान्त्रिक समाजवादी पार्टीका एक नेताले बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि चाँडै मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने संकेत गरेका छन् । उनले मन्त्रीहरूको जिम्मेवारी हेरफेरमा नाम नै तोकेर गठबन्धनमा कुरा नभएपनि प्रधानमन्त्रीले लोकतान्त्रिक समाजवादीलाई गठबन्धनमा ल्याउन निरन्तर छलफल गरिरहेको दाहालले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१