गोकर्णेश्वर नगरपालिकाका कर्मचारीलाई तिन दिने उद्घोषण तालिम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० चैत्र २०७८, बिहीबार ०४:५१

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आयोजना र विश्व दर्शन मिडियाको सहजीकरणमा ३ दिन सम्म चलेको उद्घोषण तालीम कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाका शाखा प्रमुख वडा सचिव लगायत ५० भन्दा वढी सहभागी प्रशिक्षार्थी लाई बरिष्ठ प्रशिक्षक शंकर प्रधानले उद्‌घोषण प्रशिक्षण प्रदान गर्नुभएको थियो । कर्मचारीको क्षमता विकास गर्ने मुख्य उद्धेश्य लिएर संचालन भएको कार्यक्रममा प्रशिक्षार्थीहरु कार्यक्रम संचालन र उद्घोषणमा सक्षम भएका थिए भने कार्यक्रमको समापन सत्रमा अत्यन्त प्रभावकारी रुपमा सहभागीहरुले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमलाई प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, प्रशासन प्रमुख टंकनाथ घिमिरे, लेखा प्रमुख रामजी रायमाझी, बोस्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले सम्वोधन तथा विशेष टिप्पणी पेश गर्नु भएको थियो । प्रशिक्षार्थीहरुको उत्कृष्ट प्रस्तुतिको मुल्यांकन गर्दै मुल्यांकन समितिले पुरुषतर्फ राम प्रसाद पाण्डेय र महिला तर्फ रिमा कुमारी पौडेल लाई विशेष पुरस्कारको समेत ब्यवस्था गरेको थियो भने सबै सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरी अथितिलाई सम्मान प्रकट गरेको थियो । अतिथिहरुले कार्यक्रम अत्यन्त प्रभावकारी भएको र यसलाई अव दैनिक जीवनमा ब्यवहारिक रुपलेनै कार्यन्वयन गरेर जानुपर्ने प्रतिक्रिया समेत दिनुभएको थियो ।

सेवाग्राही संग बोल्न सहजीकरण होस् , दरिलो आट,बिश्वास धैर्यताका साथै सिकाईबाट नै सम्भव रहन्छ! जब कर्मचारीले समाजमा कुनै पनि समस्यालाई निर्धक्क तथा स्पस्ट राख्न सक्दछ अनि मात्र कुनैपनि समस्या र समाधान गर्न सहज रहन्छ! त्यसै उदेश्य अनुरुप ३ दिने उद्घोषण तालिम गरिएको  हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१