गोकर्णेश्वर नगरपालिकाका कर्मचारीलाई तिन दिने उद्घोषण तालिम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७८, बुधबार ०४:५५

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाद्वारा नगरपालिकाको सभाहलमा उद्घोषण तालिम संचालन भएको छ। नगरपालिकाका  शाखा अधिकृत , वडा सचिव र विभागीय प्रमुख र अन्य कर्मचारी लाइ ३ दिने उद्घोषण तालिम आज देखि सुरु भएको हो  ।

नगरपालिकाका शाखा प्रमुख वडासचिव लगायत ५० भन्दा वढी सहभागी प्रशिक्षार्थी लाई बरिष्ठ प्रशिक्षक शंकर प्रधानले उद्‌घोषण प्रशिक्षण प्रदान गर्नुभयो कार्यक्रमको उद्घाटन मेयर सन्तोष चालिसेले गर्नु भएको थियो ।

सेवाग्राही संग बोल्न सहजीकरण होस् , दरिलो आट,बिश्वास धैर्यताका साथै सिकाईबाट नै सम्भव रहन्छ! जब कर्मचारीले समाजमा कुनै पनि समस्यालाई निर्धक्क तथा स्पस्ट राख्न सक्दछ अनि मात्र कुनैपनि समस्या र समाधान गर्न सहज रहन्छ! त्यसै उदेश्य अनुरुप ३ दिने उद्घोषण तालिम गरिएको  हो ।

गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा विश्व दर्शन मिडिया ग्रुपको सहजीकरणमा भैरहेको तालिम २०७८ चैत्र ७ देखी २०७८ चैत्र ९ गते सम्म हुनेछ भने तालिममा करिब ५० जना प्रशिक्षार्थीहरुलाई समाबेश गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१