एमाले प्रवेश गर्नुको कारण खुलाईन् करिश्माले, ओलीको भाषण सुनेर थाक्दिनँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ चैत्र २०७८, बुधबार ०४:२४

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन् ।

अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताइन् ।

देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उनले जानकारी दिइन् । अध्यक्ष ओलीको भाषण सुनेर आफू कहिल्यै नथाक्ने बताइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१