महिला प्रहरी जवानको ज्यान जानेगरी भिडले प्रतिकार गरेको घटनामा आठ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ चैत्र २०७८, मंगलवार ०५:५३

एक छात्रामाथि शिक्षकले यौ’न दु’र्व्य’वहार ग’रे’को आरोप लागेर वि’वा’द च’र्किँ’दा त’ना’वग्र’स्त बनेको मोरङको लेटाङमा एक महिला प्रहरीको मृत्यु भएपछि कम्तीमा आठ जनालाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमवार बिहानैदेखि अ’नि’श्चि’तकालीन कर्फ्यू आदेश जारी भएपछि प्रहरीले आइतवार साँझ भएको घटनामा सं’ल’ग्न भएको आशङ्कामा सन्दिग्ध मानिसहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए।

एउटा कार्यक्रममा भाग लिन मोरङको सुन्दर हरैँचा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी ह’त्याको घटनाको छानबिन गरी दो’षीलाई का’र’बा’ही गरिने बताएका छन्। घटनामा सं’ल’ग्न भएको आरोपमा अहिलेसम्म आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

कार्यालयका अनुसार घटनामा मा’रि’एकी प्रहरीको शरीरका खत र कस्ता ह’ति’यार प्रयोग भएको हो भन्ने विषय पनि अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए।

प्रहरी जवान मा’रि’एको घटनामा नियन्त्रणमा लिइएका मानिसहरू सं’ल’ग्न प्रमाणित भए कर्तव्य ज्यान मुद्दामा सजायको माग गर्दै अदालतमा पेस गर्ने तयारी मोरङ प्रहरीको छ।

छात्रामाथ दु’र्व्य’वहा’र ग’रे’को आरोप लागेका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएर उनीमाथि कानुनी कारबाहीको प्रक्रिया सुरु गरिसकेको मुकारुङले बताए। कक्षा ७ मा पढ्ने छात्रामाथि यौ’न दु’र्व्य’वहार गरेको आरोप लागेका शिक्षकलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ लैजाने प्रयास गर्दा एक महिला प्रहरीको आइतवार ज्यान गएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१