एक वर्षीया बालकको मृत्यु, १५ जना घाइतेलाई घोराही ल्याइयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ चैत्र २०७८, आईतवार ०५:२३

दाङ । दाङको सीमा क्षेत्र तथा प्युठानमा शनिवार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । प्युठानबाट दाङको घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङ–प्युठान सीमानामा क्षेत्रमा दुर्घटना भएको हो ।

प्युठानको माण्डवी गाउँपालिका–२ सेतो पहरनजिक दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साथै १५ यात्रु घाइते भएका छन् । ना३ख ७१३२ नम्बरको बस दुर्घटना भएको हो ।

 

बसमा कति यात्रु थिए अझै पत्ता लागेको छैन । घटनास्थलमा अहिले बंगलाचुली गाउँपालिका दाङका अध्यक्ष भक्तबहादुर वलीसहित स्थानीय उद्धारमा खटिएका छन् ।

दाङ प्युठान सिमाना नजिक भएको उक्त दुर्घटनाका घाइतेलाई अहिले स्थानीयले उद्धार गरी उपचारका लागि मुर्कुटी अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१