पेट्रोल डिजेल र ग्याँसको भाउ बढ्यो : अब पेट्रोलको नयाँ मुल्य १ सय ८२ रुपैयाँ ८१ पैसा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ चैत्र २०७८, शुक्रबार ०५:३६

काठमाडौं । फेरि पनि पेट्रोलको मूल्यमा भारी वृद्धि गर्ने सरकारले तयारी गरेको छ । पछिल्लो समय रुस–युक्रेन यु द्धको असर नेपाली उपभोग्य वस्तुमा पर्ने देखिएपछि पेट्रोलियम पदार्थको मूल्य पनि बढ्न गएको हो । नेपाल आयल निगमले भारतीय समकक्षी इन्डियन आयल कर्पोरेसनबाट इन्धन खरिद गरी नेपालमा बेच्दै आएको छ । आईओसीले १५ दिनको अन्तर्राष्ट्रिय मूल्यअनसार बेच्ने भाउ तय गरी नेपाल आयल निगमलाई १५/१५ दिनमा नयाँ खरिद सूची पठाउने गर्दछ ।

आईओसीले नेपाल आयल निगमलाई बुधबार नयाँ मूल्यसूची पठाएको हो । जसअनुसार निगमले १ लिटर पेट्रोल किन्न १ सय १० रुपैयाँ १३ पैसा तिर्नुपर्ने भएको छ । उक्त खरिद मूल्यमा सरकारले उठाउने ५९ रुपैयाँ ४८ पैसा तथा निगम खर्च र प्राविधिक नोक्सानी जोड्दा काठमाडौंसम्मको खरिद लागत १ सय ८२ रुपैयाँ ८१ पैसा पर्न जान्छ ।

यो मूल्य अघिल्लो महिनाको तुलनामा २१ रुपैयाँले बढी हो । यस्तै डिजलको खरिद लागत प्रतिलिटर २९ रुपैयाँले बढेर १ सय ६९ रुपैयाँ ४४ पैसा कायम भएको छ । अन्य खर्चबाहेक पेट्रोल १६ रुपैयाँ, डिजल २४ रुपैयाँ र हवाइ इन्धन १९ रुपैयाँ महंगो बनेर आएको हो ।

नेपाली बजारमा हाल पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५० रुपैयाँ छ भने डिजलको मूल्य प्रतिलिटर १ सय ३३ रुपैयाँ रहेको छ । यसैगरी खाना पकाउने ग्यासको प्रतिसिलिन्डर १ सय ५ रुपैयाँले बढेर २२ सय ४० रुपैयाँ ३४ पैसामा सिमित भएको छ । ग्यासको भाउ बढेपनि निगमलाई भने ६ सय ६५ रुपैयाँ घाटा हुने देखिएको छ । तेलको भाउ नबढाए निगमलाई १५ दिनमै ५ अर्ब ३० करोड घाटा हुने भएको छ ।

निगममा अहिले नयाँ कार्यकारी निर्देशक उमेश थानी रहेका छन् । इतिहासमै पहिलोपल्ट १५ दिनमै ५ अर्बभन्दा बढी घाटा निगमले सहनुपरेको निर्देशक थानीले बताए । काँग्रेस कोटाबाट निगम प्रमुख बनेका इन्जिनियर थानी प्रधानमन्त्री शेरबहादुर देउवाका खास कार्यकर्ता हुन् । निर्देशक थानी र प्रधानमन्त्री देउवाबीच पेट्रोलको भाउ बढाउने नबढाउने भन्ने विषयमा छलफल चलिरहेको बुझिएको छ ।

काठमाडौँ उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५०, डिजेल र मट्टितेलको प्रतिलिटर रु १३३, हवाई इन्धन (आन्तरिक) को प्रतिलिटर १३६, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिलिटर अमेरिकी डलर १.२९ र एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर एक हजार ५७५ रहेको छ। सरकारले भन्सार विन्दुमै पेट्रोलियम पदार्थको आयातमा विभिन्न शीर्षकको कर उठाउने गरेको छ।

सरकारले पेट्रोलमा प्रतिलिटर ५९ रुपैयाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४२ रुपैयाँ १६ पैसा, मट्टितेलमा प्रतिलिटर १३ रुपैयाँ ३६ पैसा, हवाई इन्धन (आन्तरिक)मा प्रतिलिटर १९ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) मा दुई रुपैयाँ आठ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २८० रुपैयाँ ३० पैसा कर उठाउँदै आएको छ।

भन्सारले पेट्रालियम पदार्थमा भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत शुल्क, प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र मूल्य स्थिरीकरण कोष शुल्क उठाउँछ । त्यसबाहेक ढुवानी भाडा, निगमको प्रशासनिक एवं बिक्री खर्च, बीमा, प्राविधिक नोक्सानी र बिक्रेताको मुनाफा जोडेर पेट्रोलियम पदार्थको बिक्री मूल्य निर्धारण हुने गरेको छ।

निगमले पेट्रोलियम पदार्थको मूल्य यसरि तोकेको छ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

निगमका अनुसार पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ।

आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि भएको निगमले जनाएको छ। खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१