एनआरएन अध्यक्ष घलेद्वारा बिद्यालयलाई ५० लाख सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ आश्विन २०७१, मंगलवार १३:५९

10670232_846316438726133_4680233774174806735_nकाठमाडौँ,२१ असोज  । गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घलेले आफुले प्राथमिक शिक्षा लिएको बिद्यालय भवन निर्माणका लागि ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

लमजुङ घनपोखरा-१ नायू गाउँमा रहेको ग्रामकल्याण निम्न माध्यमिक बिद्यालयको भवन निर्माणका लागि घलेले उक्त सहयोग गरेका हुन् ।
आफ्ना स्वर्गीय पिता उदिमबहादुर घले र आमा देवीमायाको स्मृतिमा बनाउन लागिएकोभवनको सोमबार घलेले शिलन्यासगरे ।

‘मैले यही बिद्यालयमा अक्षर चिनेको हुँ’ शिलन्यास कार्यक्रममा करिव ५० बर्ष पुरानो दिनसम्झिदै भने-‘आज म जहाँ छु त्यसमा सवैभन्दा ठूलो हात यही बिद्यालयको छ ।’

आफ्नो सफलताको सवैभन्दा ठूलो आधार यही बिद्यालय भएकाले भौतिक पूर्वाधारबिहीनअबस्थामा रहेको बिद्यालयलाई सहयोग गर्न आफु अग्रसर रहेको उनले बताए । ‘भोलीयही बिद्यालयबाट नयाँ शेष घलेहरु जन्मिउन भन्ने चाहान्छु’ उनले भने ।

भवन निर्माणपछि बिद्यालयमा इलाइब्रेरी स्थापना गर्न र शिक्षकलाई तालिम दिन पनि आफुलेसहयोग गर्ने घलेले घोषणा गरे ।

‘यो मोडल सफल भयो भने नेपालका अन्य बिद्यालयमापनि विस्तार गर्ने छु’ अध्यक्ष घलेले भने ।

बिद्यालय शिक्षा लिने उमेरका किशोरहरु हातमा पासपोर्ट बोकेर रोजगारीका खोजीमा खाडीमुलुकतिर लागेको देख्दा आफु सवैभन्दा बढी दुःखी बनेको भन्दै उहाँले अभिभावकहरुलाई शिक्षामा लगानी गर्न आग्रह गरे ।

‘मेरो अभिभावक अशिक्षित भए पनि शिक्षाको महत्व बुझेको हुनाले मैले लाहुरे बन्नु परेनु उनले अभिभावकलाई आग्रह गर्दै भने-‘आफ्ना छोराछोरीको शिक्षामा गरिने खर्चजिन्दगीको सवैभन्दा ठूलो लगानी हो भन्ने बुझ्नुहोस् ।’

आमा समूहको भवन बनाउन ३ लाख

यसैगरि अध्यक्ष घलेले आफ्नो गाउँमा रहेको आमा समूहको भवन बनाउन ३ लाख रुपैयाँ सहयोग गरेका छन् ।

आफ्नै गाउँमा बसेर संस्कृति र परम्परा जोगाउन लागिपरेका गाउँलेहरुको प्रसंसा गर्दै घलेले आधुनिक सुबिधाहरु गाउँसम्म आइपुगेकाले अब शहरतिर बसाई सर्नुपर्ने आबश्यकता नरहेको बताए ।

लमजुङको चर्चित पर्यटकीय केन्द्र घलेगाउँ नजिकै रहेको घनपोखरा गाविसको नायूँमा गुरुङ समुदायको बसोबास रहेको छ । गाउँको बिकाशका लागि आफुले सदैव सहयोगगर्ने घलेले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१