एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो (सूचनासहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०७८, बुधबार ०७:४४

काठमाडौं। नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले सूचना जारी गरी म्यादी प्रहरीको भर्ना खोलेको हो । स्थानीय निकायको निर्वाचनका लागि म्यादी प्रहरीको आवेदन खुलाइएको हो ।

६ चैत्र देखि ११ चैत्रसम्म सार्वजनिक बिदाको दिन बाहेक दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

म्यादी प्रहरीको आवेदन दिने कुनै नैतिक पदत देखिने फौजदारी अभियोगमा कसूरदार नठरिएको, राजनीतिक दलको सदस्इ नरहेको, साधारण लेखपढ गर्न जान्ने हुनुपर्ने योग्यता उल्लेख छ । सेवा निवृत्त सेना, प्रहरी र पूर्व सुरक्षाकर्मी तथा पूर्व वन रक्षकहरुलाई प्राथमिकतामा राखिने उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१