पन्त, सिंह र धानुक एआइजी बढुवामा सिफारिश, भावी आइजीपीमा थपिए प्रतिष्पर्धी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०७८, बुधबार ०७:४०

काठमाडौं । नेपाल प्रहरीको एआइजीमा तीन डिआइजी बढुवामा सिफारिश भएका छन् । सिफारिश भएकाहरुमा वसन्त कुमार पन्त, धिरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक छन् ।

सरकारले तीन एआइजीको दरबन्दी बढाउने निर्णय गरेर उनीहरुलाई बढुवाका लागि सिफारिश गरेको हो । बढुवा भएपछि प्रहरीमा प्राविधिकबाहेक ८ जना एआइजी हुनेछन् ।

बढुवा भएकाहरुमध्ये पन्त आइजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । उनी थापासँगै सेवानिवृत्त हुनेछन् ।

सिंह र धानुक एआइजीहरु विश्वराज पोखरेल र सहकुल थापाको ब्याची हुन् । आइजीपी थापासहित एआइजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की सेवानिवृत्त भएपछि आइजीपीमा पोखरेल र थापा मुख्य प्रतिष्पर्धी हुनेछन् । उनीहरुसँगै धिरज प्रताप सिंह र रविन्द्र धानुक पनि प्रतिष्पर्धी देखिएका छन् ।

सिंह सीआइबीमा छन् । उनलाई आइजीपी बनाउने प्रयास समेत भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१