सांगीतिक क्षेत्रमा लाग्न चाहने युवाहरुलाई गितार तालिम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० फाल्गुन २०७८, सोमबार ०५:०८

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को आयोजनामा आज बाट सांगीतिक क्षेत्रमा लाग्न चाहने युवाहरुलाई गितार तालिम शुरु गरीएको छ ।
वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईको प्रमुखआतिथ्यमा वडा कार्यालयकै शभा हलमा आज कार्यक्रमको शुभारम्भ गरिएको हो ।
वडा नं १२ युवा संघ अध्यक्ष रमेश पराजुली ले सन्चालन गरेको कार्यक्रमको शभापतित्व गितार प्रशिक्षक आशिष बस्नेत ले गर्नु भएको थियो ।
कार्यक्रममा १२ नं वडा सचिव मनिष भट्टराई, अनलाईन पत्रकार संघ तथा बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगाना तथा वडा सदस्य मिना बयलकोटी को उपस्थिति रहेको थियो ।
वडा सचिव मनिष भट्टराईले युवा लक्षित यो कार्यक्रमले आम युवा वर्गलाई सामाजिक रुपान्तरणको बाटोमा डोर्याउन सकोस भन्दै कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष भट्टराईले यस्तो मनोरन्जन क्षेत्रमा लाग्न चाहने युवा लक्षित कार्यक्रम संभवत नगारपालिकाकै पहिलो हुन सक्न दावि गर्नु भयो ।
आफ्नो वडाले बिभिन्न किसिमका कार्यक्रम माफर्त युवा , महिला तथा बिद्यार्थि लक्षित कार्यक्रम गरिरहेको भएपनि यो पाँचबर्षको अबधिमा गितार तालिम चैं पहिलो भएको बताउनु भयो ।
अब युवाबर्गलाई देश चलाउन सक्ने बनाउनु पर्छ भन्दै वडा अध्यक्षले कार्यक्रम सफलताको शुभकामना दिनु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१