गोकर्णेश्वर वडा नं २ मा नवनिर्मित स्वास्थ्य चौकी उद्घाटन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०७८, आईतवार ०५:४८

काठमाण्डौ । गोकर्णेश्वर नगरपालिका वडा नं २ स्थित भुमिस्थलिमा नवनिर्मित स्वास्थ्य चौकी भवन उद्घघाटन समारोह सम्पन्न भएको छ।

गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा नवनिर्मित स्वास्थ्य चौकी उद्घाटन समारोहमा वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डितको सभापतित्व तथा नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह भएको थियो ।उक्त कार्यक्रममा विशेष अतिथिहरु नगरपालिका उपमेयर शान्ति नेपाल, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा ,अतिथिहरुमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल ,वडा नं १ का वडा अध्यक्ष राम मानन्धर ,वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगाना लगायत समाजसेवी ,बुद्धिजीवी ,भवन निर्माण समिति ,स्थानीयको उपस्थिति रहेको थियो।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगानाले उपस्थित सम्पुर्णलाई शुभकामना मन्तव्यद्वारा स्वागत गरेका थिए।त्यसैगरी वडा नं २ का वडा सदस्य माया तामाङले शुभकामना मन्तव्य राख्दै हरेक दुख कष्टका बाबजुद पनि आफ्नै कार्यकालमा स्वास्थ्य चौकी भवन उद्घाटन गर्न सफल भएकोमा खुशी ब्यक्त गरेकी थिईन।

कार्यक्रमका विशेष अतिथी तथा नगर उपप्रमुख शान्ती नेपालले मन्तब्य राख्दै कार्यकालको अन्तिम चरणमा गरिएको काम पनि सम्पन्न हुन पुगेकोमा गर्व लागेको र भवन निर्माण समिति, वडा समितिका सम्पुर्णमा बधाई तथा शुभकामना ब्यक्त गरेकी थिईन।आफ्नै घरदैलोमा स्वास्थ्य चौकी आउनुको पछाडी स्थानियको ठूलो योगदान भएको बताउदै यहाँ सम्भव भएका उपचार यहि अस्पतालमा गर्न र सम्भव नभए नगरपालिकाको अस्पतालमा जान अनुरोध गरेकी थिईन।

कार्यक्रममा प्रमुख अतिथी तथा नगर प्रमुख सन्तोष चालिसेले नगरभित्रको सबैभन्दा ठूलो स्वास्थ्य चौकी भएकोले गर्व महशुस भएको बताए। नगरपालिका अन्तर्गतका सम्पुर्ण वडाहरुमा स्वास्थ चौकी राख्न सफल भएको बताए।त्यसैगरी जनताले बुझ्नेगरी कुनकुन रोगको उपचार निशुल्क हुन्छ बाहिर साईनबोर्डमा लेखिनु पर्ने बताएका थिए भने सबैको सहयोगमा भवन बन्न सफल भएकोमा खुशी ब्यक्त गर्दै धन्यबाद दिएका थिए।

कार्यक्रमका सभापती कृष्ण बहादुर पण्डिले हाम्रो निमन्त्रणालाई स्वीकार गरि उपस्थित भैई कार्यक्रम सफल बनाईदिएकोमा धन्यबाद ब्यक्त गर्दै समापन भएको घोषणा गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१