यो सरकार बालुवामा लगेर राखेको नक्कली मुलाजस्तै हो, फुत्त आउँछ : केपी ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०७८, आईतवार ०५:४३

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारलाई आफूहरुले ठिक पार्ने बताएका छन् । नेपाल निजामति कर्मचारी संगठनको महाधिवेशनलाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले कर्मचारीलाई वर्तमान सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनले भने,‘यो सरकार ठिक छ कि छैन भन्ने कुरा तपाईँहरुले छुट्याउने होईन, यसलाई हामी ठीक पारिहाल्छौं नि । आज म अपोजिसन लिडरको हैसियतमा भन्दैछु, तपाईँहरुले गभर्मेन्टलाई असहयोग गर्न मिल्दैन्, गभर्मेन्टलाई सहयोग गर्नुहोस । तपाईँहरुको काम भनेको गभर्मेन्टलाई असहयोग गर्ने होईन, तपाईँहरुले साथ दिने हो, सहयोग गर्ने हो । यो गभर्मेन्ट ठीक छ कि छैन, तपाईँहरुले धेरै छुट्याउने होईन । यो गभर्मेन्ट ठीक त हामी बनाईहाल्छौं नि । यो केही होईन, मुलाको पनि सानो तिनो भएपनि जरा हुन्छ, यसको त जरा न बरा, यसको त केही पनि छैन, यो त बालुवामा लगेर राखेको नक्कली मुलाजस्तो हो, फुत्त आउँछ । हल्लाउनुपनि पर्दैन्, यो त फुत्त आउँछ ।’

उनले आफूहरुले यसलाई खाली तान्ने दिन खोजिरहेको सुनाए । तर, यो सरकार भाग्न खोजिरहेको उनको टिप्पणी थियो । उने भने,‘उनीहरु भाग्न खोज्दैछन्, भागेर कहाँ जान्छन् ? कहाँ जाने ? चुनाव त गर्नैपर्छ, हामी आज अपोजिशनमा छौं । थाहा छ, अपोजिशनमा छौं, मलाई हतरा भैरहेको त्यहाँ हजारौं मान्छे त्यहाँ प्रवेश गर्दैछन् ।”

प्रतिक्रिया