विश्व साइकल यात्री पुस्कर शाहसँगै केसिएफएनको साइकल र्‍याली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०७८, आईतवार ०५:१३

काठमाडौँ ।  नेपालमा विगत २०१५ देखि बालबालिका तथा सामाजिक कार्यमा निरन्तर लागीरहेको विश्वव्यापी संस्था किवानिज इन्टरनेशनल नेपाल हो ।

सन् १९०५ मा अमेरीकामा स्थापित यो संस्था अहिले विश्वका ९० भन्दा बढि मुलुकमा ७ लाख भन्दा बढि भोलिन्टिएर सदस्यहरु छन् । किवानिज् नेपालमा पनि अहिलेसम्म लगभग ९० भन्दा बढि ल्कबमा २ हजार भन्दा किवानिज् भोलिन्टिएर किवानिज् सदस्यहरु छन् । यसै किवानिज् नेपाल अन्तर्गतको किवानिज् चिल्ड्रेन फण्ड नेपाल र किवानिज ल्कब अफ राजधानीले “Ride for Rights” नारा राखि विकट जिल्ला पुर्वी रुकुमको एक विध्यालयको पठन सामग्री तथा स्कुल कपडा सहयोग गर्ने उदेश्यले संयुक्त रुपमा विश्व साइकल यात्री पुस्कर शाहसँगै साइकल र्याली गरीएको किवानिज् चिल्ड्रेन फण्ड नेपालका अध्यक्ष शम्सेर पराजुलीले बताउनुभयो । किवानिज् चिल्ड्रेन फण्ड नेपाल आफैमा किवानिज् नेपालको कोष संकलन गर्ने संस्था हो ।

स्थापनाको छोटो समयमा पनि राम्रो कोष संकलन गरेको यस संस्थाले सामाजिक कोष संकलनको लागी विभिन्न कार्यक्रम गरीरहेको छ । यस्तै कार्यहरु गर्न रुचाउने समाजसेवी, व्यबसायी तथा संस्थाकी सचिव एन्जिला खड्कालाई पनि साइकल र्याली गर्ने योजना आयो र सोही अनुसार आज फाल्गुन २८ गते यो कार्यक्रम गर्न सफल भयौ, कार्यक्रम पनि सफल भयो र एक दुरदराजका विध्यार्थीहरुको मुहारमा थोरै भए पनि हासो दिन सानो सहयोग पनि जम्मा पार्यौ, खुसी हुदै सचिव खड्काले बताइन् ।

कार्यक्रमको संयोजन किवानिज ल्कब अफ राजधानीको निर्वाचित अध्यक्ष करुणा थापा, कोषाध्यक्ष एलिजा खड्का, साइक्लिष्ट प्रविन बान्तवा र केसिएफएन डाइेक्टर सुरेन्द्र भट्ट र चन्द्रज्योती खतिवडाले संयुुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा किवानिज नेपालका गभर्नर एकराज पन्त, पुर्व गभर्नर मोहन लम्साल, निर्वाचित गर्भनर लक्षमण लम्साल, भाइस गभर्नर तीर्थ कुमार सिँह, प्रमुख सल्लाहकार दामोदर ढकाल, सल्लाकार राजकुमार लामा, सचिव दिपक पौड्याल, कोषाध्यक्ष रामहरी सुवेदी, केसीएफएन डाइरेक्टर चन्द्रज्योती खतिवडा तथा अन्य किवानिज तथा अन्य साथीहरुको उपस्थिति थियो ।

कार्यक्रममा साइकलिष्ट पुस्कर शाहसँगै मिस नेपाल इन्टरनेशनल रोनाली अमात्यको पनि उपस्थिति थियो । कार्यक्रमको सुरु किवानिज नेपालका संस्थापक तथा वर्तमान डिष्टिक गभर्नर एकराज पन्तले गर्नुभयो । जावलाखेलबाट सुरु भएको साइकल र्याली थापाथली, माइतिघर, बानेश्वर, कोटेश्वर हुदै सातदोवाटोबाट जावलाखेलमा नै पुगेर अन्त्य भएको थियो । लगभग १३ किलोमिटरको साइक्लिङ एकदम रमाइलो भएको किवानिज ल्कब अफ हेल्थ नेपालकी अध्यक्ष रींकु श्रेष्ठले बताउनुभयो । यो कार्यक्रमलाई एम्बुलेन्स उपलब्धको लागी समन्वय पनि रींकु श्रेष्ठले नै गर्नुभएको थियो । काठमाडौँ तथा ललितपुर प्रहरीले साइल्किङ अवधिभर एकदमै राम्रो समन्वय गराइदिनुभएको थियो जसले गर्दा उपस्थित राइडरहरुलाइृ पनि सहज महसुस भएको थियो ।

कार्यक्रमलाई चन्द्रज्योती खतिवडा लगायतले सहयोग गर्नुभएको थियो । कार्यक्रम समापनमा किवानिज नेपालका निर्वाचित गर्भनर लक्षमण लम्सालले धन्यबाद व्यक्त गर्नुभयो र किवानिज चिल्ड्रेन फण्ड नेपालका चेयर शम्सेर पराजलीले सामाजिक कजमा सहभागी भई कार्यक्रमलाई भव्य रुपमा सफल बनाइदिनुभएको विशेष धन्यबाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१