यी युबक जसले दैनिक दुई किलोको सुनको गहना लगाउँछन्, सुनकै कार र बाइक हाँक्छन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०७८, शुक्रबार ०५:४३

एजेन्सी । एक भियतनामी पुरुष उनको सुनप्रतिको लगावकै कारण भाइरल भएका छन् । उनी किलो– किलोको गहना आफ्नो गला र हातमा लगाउँछन् । उनी सुनकै जलप लगाइएको कार र मोटरसाइकल हाँक्छन् । भियतनामको एन जियाङ प्रान्तका ३९ वर्षका व्यवसायी ट्रान डुक लोई ले आफ्नो मुलुकमा धेरैको ध्यान आकर्षित गर्नसमेत सफल भएका छन् ।

जिवनयापनका लागि दक्षिण अमेरिकी छेपारो बिक्री गर्ने गरेका उनी विगत ३ वर्षको अन्तरालमा सुनै सुनले घेरिएका छन् । भाग्य र समृद्धिले साथ दिएकाले उनी सुन जम्मा गर्न सफल भएका हुन् । सुनले व्यवसायमा भाग्य आकर्षित गर्ने विश्वास उनीमा छ । त्यसैले उनी बाहिर निक्लँदा सकेसम्म धेरै सुन लगाउने गर्छन् ।

‘सुरुमा म थोरै मात्र गहना लगाउँथे र त्यसपछि थप्दै जान थाले । धेरै गहना लगाएका कारण मलाई भारी महसुस हुन्थ्यो तर पछि बानी पर्न थाल्यो,’ ट्रान डुक लोइले बताए । साना गहनाहरु सहजै टुक्राउन सकिन्छ । तर धेरै तौल भएकाहरु लामो समयसम्म लगाउन सकिने धारणा पनि उनको थियो ।

उनी लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म टिकटकमा पनि सुन लगाएर देखिने गरेका छन् । उनको सुुनको मोटरसाइकल पनि छ । यिनीहरु सुनको जलप लगाइएका छन् । आफू बाहिर जाँदा झन्डै २ किलोग्रामको सुुनको गहना लगाउने गरेको उनले बताए । यसमा २५० ग्रामको नेकलेस आकारको ड्रागन जस्तो गहना, १० वटा ठूूला सुनका औँठी र मोटो ब्रासलेट र ठूलो सुनको जलप लगाइएको घडी पनि छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०