महँगोमा जग्गा किनेका लाखौ व्यक्ति ‘डिप्रेशनमा !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०७८, शुक्रबार ०५:४०

काठमाडौं । नेपालमा घरजग्गाको मूल्य कुनैपनि हिसावले वैज्ञानिक छैन । यसमा गरिने लगानी र उत्पादकत्व हेर्दा लगानीको १ होइन, आधा प्रतिशत पनि ब्याज असुल हुँदैन । यो भनाई नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए) का अध्यक्ष इच्छाबहादुर वाग्लेको हो ।

उनले ३ दशकभन्दा लामो समय घरजग्गा क्षेत्रमै विताएका छन् । सबै आरोह र अवरोह देखेका वाग्लेको भनाईमा अहिले जग्गाको मूल्य वृद्धि हेर्दा देशै सिद्धिन्छ की जस्तो अवस्था छ । काठमाडौंमा कुनै पनि कुनामा प्रतिआना २०/२५ लाख घटिमा जग्गा हेर्न पाइन्न ।

पछिल्लो १ वर्षको अवधिमा बढेको मूल्यमा जग्गा किन्ने लाखौ लगानीकर्ता यतिबेला डिप्रेशनमा पुगेका छन् । २० लाख आनामा किनेको जग्गा २० लाखमै बेच्छु भन्दा पनि विक्री हुँदैन । उता बैंकको ब्याज बढेको बढ्यै छ ।

कोरोनामा सबै पेशा व्यवसाय छोडेर घरजग्गामा आएका नयाँ व्यक्ति/कम्पनीका कारण घरजग्गाको मूल्य दोब्बर भइ सामान्य मान्छेले किन्न नसक्ने अवस्था भएपछि अहिलेको अवस्था आएको जानकारहरू बताउँछन् ।

अहिले घरजग्गा व्यवसायी कति प्रताडित छन् भन्ने कुरा त २०,३०,४० प्रतिशत डाउन पेमेन्ट लिएर किस्ताबन्दीमा जग्गा दिने विज्ञापनले पनि देखाइसकेको छ । पछिल्लो १/२ वर्ष यता ऋणमा जग्गा किनेका व्यक्तिहरू यतिबेला डिप्रेशनमा रहेको व्यवासयीहरू नै बताउँछन् ।

पाइलै पिच्छे दलाल, मनलाग्दी कमिशन

घरजग्गा किनबेच गर्दा दलाल बिना किन्नु वा बेच्नु असम्भव जस्तै भइसकेको छ । जग्गा किन्ने व्यक्तिले पाइलै पिच्छे दलालको सामना गर्नुपर्छ । हरेक पाइलामा भेटिने दलाल र उनीहरूले तोकेको मनलाग्दी कमिशनका कारण घरजग्गाको मूल्य भने अस्वभाविक रुपमा बढेको यस क्षेत्रका जानकाहरू बताउँछन् ।

कम्पनी खोलेर सरकारलाई कर तिर्ने कम्पनीले केहि सुहाँउदो कमिशन लिने गरेको भएपनि व्यक्ति विशेषबाट हुने किनबेचमा भने मनपरी कमिशन लिने गरेको पाइन्छ । गत महीना मात्रै कीर्तिपुरमा बेचिएको एउटा ६ करोड रुपैयाँको प्रोपर्टीमा १ करोड रुपैयाँ कमिशन लिएको कुरा बाहिरिएको थियो । एउटा जग्गा किन्न र बेच्न ४/५ तहमा दलाली हुने र हरेक तहमा कमिशन बाड्दा जग्गाको मूल्य आकाशिएको जानकारहरू बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०