गोकर्णेश्वर वडा नं. ३ को वडा कार्यालय भवन नगर प्रमुख चालिसे द्वारा उद्घाटन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ फाल्गुन २०७८, बिहीबार ०५:२३

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ३ को नव निर्मित वडा कार्यालय भवन उद्घाटन भएको छ । बुधबार नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले वडा नं. ३ स्थित बालुवामा नव निर्मित वडा कार्यालय भवन उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले नगरपालिकाकै पहिलो वडा भवन उद्घाटन भएकोमा खुसी व्यक्त गरे । उनले नगरपालिकामा ९ वटै वडा निर्माणको अन्तिम चरणमा रहेकोले ५ वर्षे कार्यकालको अन्तसम्ममा सबै वडाले आफ्नै सुविधा सम्पन्न नयाँ भवनबाट काम गर्ने विश्वास व्यक्त गर्दै नगरपालिकाको विकासमा आम नगरबासीले खेलेको भूमिकाको प्रसंशा समेत गरे ।

तीन तले आधुनिक र सुविधासम्पन्न नव निर्मित वडा कार्यालय भवन एक करोड तेत्तिस लाखको लागतमा बनेको हो भनें सीसीक्यामरा समेत जडान भएको छ । भवन निर्माण सकिए पछि गत वर्षबाट नयाँ भवनको तल्लो तलाबाट सेवा दिंदै आएको वडाले निर्माण सम्पन्न भएपछि पुरै भवन प्रयोग गरी अब व्यवस्थित र छिटोटरितो सेवा दिने वडा अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

उद्घाटन कार्यक्रममा उपमेयर शान्ति नेपाल, नगर प्रवक्ता तथा वडा नं. ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं. १ का अध्यक्ष राम मानन्धर, वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का अध्यक्ष रमेश अर्याल, प्रमुख सल्लाहकार दीपक रिसाल,प्रशासन योजना शाखा प्रमुख टंकनाथ घिमिरे ,आर्थिक प्रशासन शाखा प्रमुख रामजी रायमाझी , समाजसेवी भावना ठकुरी, नेपाली कांग्रेसका नगर सभापति कुमार लामा, गोकर्णेश्वर नगर खेलकुद संयोजक सञ्जय लामा लगायत स्थानीयहरुको उल्लेख्य उपस्थिती रहेको थियो । यसैगरी, कार्यक्रम सञ्चालन स्वतन्त्र टोल सुधार समितिका अध्यक्ष जयराम विष्टले गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१