पुटिनलाई गिरफ्तार गर्नेलाई रुसी व्यवसायीले १० लाख डलर पुरस्कार दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ फाल्गुन २०७८, बिहीबार ०५:००

काठमाडौँ । एक रुसी व्यवसायीले पुटिनलाई गिरफ्तार गर्ने अफिसरलाई पुरस्कार स्वरुप १० लाख डलर प्रदान गर्ने घोषणा गरेका छन् । रुसका नागरिक एलेक्स कोनानिहिन उनि पूर्व ब्यांकर पनि हुन् । कम्युनिस्ट शासनको अन्त्यतिर उनले रुसमा एक निजी बैंकको स्थापना गरेका थिए । अन्तर्राष्ट्रिय कानुन अन्तर्गत अपराधिक युद्ध गराएको मामिलामा पुटिनलाई गिरफ्तार गरि संवैधानिक जिम्मेवारी निभाउने व्यक्तिलाई सो रकम पुरस्कार दिने उनले बताए । यसबारे आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पोस्ट गरेका छन् ।

‘पुटिनलाई रुसका वास्तविक राष्ट्रपति नै भन्न मिल्दैन किनकी रुसी अपार्टमेन्ट भवन विस्फोट गरिएको विशेष अपरेसनको नतिज स्वरुप उनी राष्ट्रपति बनेका थिए । उनले त्यतिबेला नै स्वतन्त्र चुनाव हटाएर र आफ्नो विपक्षीहरुको हत्या गरेर कानुन उल्लंघन गरेका थिए । त्यसैले एक जातीय रुसी र रुसकै नागरिक भएको नाताले रुसको हितलाई म आफ्नो नैतिक जिम्मेवारी सम्झन्छु । पुटिनको क्रुरताको बहादुरीपूर्ण सामना गरिरहेको युक्रेनको प्रयासलाई म सकेसम्म सहयोग गरिरहनेछु’ , कोनानिहिनले लेखेका छन् ।

उनको सामाजिक संजाल पोस्टमा पुटिनको तस्बिर पनि राखिएको छ जसको तल ‘वान्टेड स् जिवित या मृत, सामुहिक हत्याका लागि वान्टेड भलादमिर पुटिन’ भनेर लेखिएको छ । उनले बिजनेस इन्साइडरयसँग कुरा गर्दै थप भनेका छन्, ‘यदि पर्याप्त मानिसहरुले यस्तै किसिमको विरोध प्रयास जारी राख्ने हो भने पुटिन गिरफ्तार हुने र सबैले न्याय पाउने सम्भावना बढ्नेछ । भाइसका अनुसार कोनानिहिनको कूल सम्पति कुनै बेला ३० करोड डलर रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१