पल शाह प्रकरणमा दुर्गेश र सम्राटले दिए बयान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७८, बुधबार ०५:१८

काठमाडौँ । बलात्कारको अभियोगमा जिल्ला प्रहरी तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहको प्रकरणमा दुर्गेश थापाले बयान दिएका छन् । दमौलीस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर बयान दिएका हुन् । थापासँगै सम्राट चौलागाईले पनि बयान दिएका छन् । उनीहरु दुवैजनामाथि शाहविरुद्ध नाबालिकालाई उस्काएको र षड्यन्त्र गरेको आरोप लागेको थियो ।

उनीहरु बयान दिन तनहँ पुग्दा पल शाहका समर्थकहरुले नाराबाजी समेत गरेका थिए । एक नाबालिग गायिकाले शाहविरुद्ध बलात्कार गरेको जाहेरी दिएपछि आइतबार आफै प्रहरीसामु आत्मसर्मपण गरेका थिए । अहिले शाहलाई जिल्ला अदालतबाट ७ दिनको अनुमति लिई प्रहरीले हिरासतमा राखि अनुसन्धान गरिरहेको छ । अहिले कला कर्मीहरुले पनि पल शाह प्रकरणमा पक्ष र विपक्षमा आफ्ना अभिव्यक्ति दिइरहेको छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१