नाबालिग विद्यार्थीमाथि पटक पटक बलात्कार, शिक्षक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७८, बुधबार ०५:१२

काठमाडौँ । अर्घाखाँचीको एक विद्यालयकी नाबालिग विद्यार्थी आफैले पढाउने शिक्षकबाट पटक-पटक बलात्कारको शिकार हुनुपरेको रहस्य खुलेको छ । अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले विद्यालय र ती शिक्षकको नाम गोप्य राख्दै सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार जिल्लाको मालारानी गाउँपालिकाका २७ वर्षीय ती शिक्षकले १५ वर्षीया छात्रालाई पटक-पटक बलात्कार गरेको रहस्य खुलेको हो ।

प्रहरीका अनुसार उक्त दिन निज शिक्षकले घर नजिकैको जंगलमा लगेर ती विद्यार्थीलाई पहिलो पटक जबरजस्ती करणी गरेको जानकारी दिए । त्यसपछि पनि उनले पटक-पटक बलात्कार गरेको प्रहरीको भनाइ छ । शिक्षकलाई पक्राउ गरी अदालतमा ६ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१