नोबेल कलेजका १० विद्यार्थीलाई पढ्ने वातावरण बनाउन समितिको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ फाल्गुन २०७८, मंगलवार ०४:४२

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकले नोबेल मेडिकल कलेजमा आन्दोलन गरिरहेका १० जना विद्यार्थीहरुलाई कलेजमै पढ्ने वातावरण बनाउन निर्देशन दिएको छ ।

नोबेल कलेजका आन्दोलनरत विद्यार्थीहरुको समस्या समाधान गरेर एक हप्ताभित्र उनीहरुले पढ्न सक्ने वातावरण बनाउन चिकित्सा शिक्षा आयोगलाई समितिले निर्देशन दिएको हो ।

कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा उत्रिएका विद्यार्थीहरु १० जना कलेजमा सुरक्षा खतरा रहेको भन्दै अर्को कलेजमा अध्ययन गर्न चाहना राख्दै स्थान्तरणको माग गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१